भारतमा आज सीजेपी र किसानको दोहोरो प्रदर्शन, थप कडा बनाइयो सुरक्षा
भारत : भारत दिल्लीका सडकहरूमा फेरि प्रदर्शनको लहर सुरु भएको छ । सोमबार भएको तनावपूर्ण झडपपछि आज ककरोच जनता पार्टी (सीजेपी) ले जन्तर–मन्तरमा प्रदर्शन गरिरहेको छ भने, अर्कोतर्फ पञ्जाबबाट हजारौं किसानहरू भारत–अमेरिका व्यापार सम्झौताविरुद्ध शम्भू–खनौरी सीमामा भेला भएका छन् ।सोमबारको प्रदर्शनमा भएको हिंसात्मक झडपपछि दिल्लीमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । त्यसका बाबजुद सीजेपीले आफ्नो आन्दोलन जारी राखेको छ ।
