SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक ०.१३ अंकले बढेर २७१९.३८ विन्दुमा पुगेको हो।प्रि ओपन सेसनमा ७७ वटा स्क्रिप्सको ८ हजार १०१ कित्ता सेयर ४६ लाख ७८ हजार ३६१ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये ३२ वटा स्टक्सको मूल्य बढ्दा ३४ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो। यो समयमा चारवटा कम्पनीको सेयर ५ प्रतिशतले बढ्यो ।