SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

कोलकाताबाट सिधै विराटनगर आइपुग्यो रेल

विराटनगर : नेपाल–भारत पारवहन व्यवस्थामा नयाँ अध्याय थप्दै तेस्रो मुलुकबाट आयात गरिएको औद्योगिक कच्चा पदार्थ बोकेको मालवाहक रेल पहिलोपटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुगेको छ। यससँगै पूर्वी नेपालका उद्योगी–व्यवसायीले लामो समयदेखि अपेक्षा गरेको रेलमार्फतको प्रत्यक्ष ढुवानी सेवा व्यवहारमा लागू भएको छ। गत शुक्रबार कोलकाता बन्दरगाहबाट प्रस्थान गरेको रेल सोमबार दिउँसो विराटनगर भन्सार कार्यालयको भन्सार परिसरमा आइपुगेको हो।