SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सोनम वाङचुकलाई अदालतबाट राहत, चाहेको अस्पतालमा सार्न अनुमति

भारत : विगत २४ दिनदेखि अनशनमा रहेका सामाजिक अभियन्ता सोनम वाङचुकलाई अदालतबाट ठूलो राहत मिलेको छ । दिल्ली उच्च अदालतले उनलाई सफदरजंग अस्पतालबाट मेदान्ता अस्पतालमा सार्न अनुमति दिएको छ । यो आदेश वाङचुककी पत्नी गीताञ्जली जे. आङ्मोले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतको डिभिजन बेन्चले दिएको हो । केन्द्र सरकारले पनि अदालतमा वाङचुकलाई मेदान्ता अस्पतालमा सार्न कुनै आपत्ति नभएको जनाएको छ, तर डिस्चार्जका विषयमा एउटा शर्त राखेको छ ।