महिला खोलामा मृत भेटिइन्, युवक त्रिशुलीमा बेपत्ता
नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको वरखोल्सामा एक महिला मृत भेटिएकी छन् । यस्तै त्रिशुली नदीमा एक युवक वेपत्ता भएका छन् । सदरमुकाम बिदुरदेखि ३५ किलोमिटर पूर्वमा रहेको ककनी गाउँपालिका–६ स्थित वरखोल्सा खोला नजिकै एक महिलाको शव फेला परेको हो ।छिमेकी लिखु गापा–३ ढाडेफेदी घर भई हाल ककनी गापा–६ स्थित स्थानीय एक व्यक्तिको गाई फर्ममा काम गर्दै आएकी ४६ वर्षीया दुर्गा राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
