SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

नुहाउन गएकी बालिकाको खोलाले बगाएर मृत्यु

सङ्खुवासभा : सभापोखरी गाउँपालिका–६ स्थित सभाखोलामा नुहाउने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।मंगलबार दिउँसो करिब २:४५ बजे नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी सभापोखरी गाउँपालिका–३ निवासी १२ वर्षीया जानकी लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।प्रहरीका अनुसार, खोजी गर्ने क्रममा जानकीको शव दिव्यश्वरी हाइड्रोपावरको ड्याम छेउमा ढुंगामा अड्किएको अवस्थामा फेला परेको थियो।