SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

हामीले १० वर्ष सत्ता र शक्तिको पछाडि कुदेर समय खेर फाल्यौं : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले समाजमा आफ्नो हराउँदै गएको नैतिक अधिकार र पहिचानलाई पुनःस्थापित गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा कांग्रेसका महामन्त्री गुरुराज घिमिरेद्वारा लिखित बुद्ध, बीपी र आजका नेता तथा लिलिपुटका लघुमानव पुस्तक बिमोचन गर्दै सभापति थापाले  विगतका घटना र राजनीतिक पात्रहरूबारे छलफल हुनु सामान्य भए पनि आजको मुख्य प्रश्न कांग्रेसले समाजमा पहिले जस्तै नैतिक अधिकार कायम गर्ने भएको बताए ।