पाइलट प्रोजेक्टका रुपमा फोहोरबाट उर्जा उत्पादनको तयारी हुँदैछ : मन्त्री श्रेष्ठ
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले भावी जलवायु परिवर्तनका जोखिमलाई मध्यनजर गर्दै अन्य नवीकरणीय ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको ऊर्जा तथा जलस्रोतसम्बन्धी विषयगत समितिको बैठकमा मन्त्री श्रेष्ठले नेपालको मुख्य आधार जलविद्युत् भए पनि भावी जलवायु परिवर्तनका जोखिमहरूबाट जोगिन सौर्य ऊर्जा जस्ता अन्य नवीकरणीय ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।
