पशु सेवा विभागका डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय, १४ जनामाथि थप कारबाही प्रक्रिया अघि बढ्दै
काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेविरुद्ध विभागीय कारबाही प्रक्रिया टुंग्याउँदै निजामती सेवाबाट हटाउने निर्णय गरेको छ।मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम विभागीय सजायसम्बन्धी प्रक्रिया पूरा गरी यसअघि लोक सेवा आयोगको परामर्श मागिएको थियो।
