SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०९:०१ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेपछि पक्राउ परे राहुल गान्धी

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवास बाहिर प्रदर्शन गरेपछि भारतीय कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन्। प्रतिपक्षी दलका नेतासमेत रहेका गान्धीले प्रधानमन्त्री मोदीले राजीनामा दिनुपर्ने बताएका थिए।त्यस्तै प्रियंका गान्धी र अखिलेश यादवलाई पनि प्रहरीले पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। गान्धीले केरलका मुख्यमन्त्रीसहित कांग्रेस नेताहरूका साथमा दिउँसो साढे ३ बजेदेखि प्रदर्शनमा उत्रिएका थिए।