संयुक्त साधारणसभामार्फत एनआरएनए अमेरिकाका दुई पक्षबीच एकता घोषणा
टेक्सस : विगत एक वर्षदेखि दुई फरक नेतृत्वमा विभाजित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाले संस्थागत एकताको घोषणा गरेको छ।टेक्ससको अस्टिन महानगर क्षेत्रअन्तर्गत राउन्ड रकस्थित Holiday Inn Austin North–Round Rock मा सम्पन्न १५औँ वार्षिक साधारणसभा तथा नलेज कन्भेन्सनबाट दुवै पक्षले संयुक्त रूपमा एकताको घोषणा गरेका हुन्।साधारणसभाको उद्घाटन दुवै पक्षका अध्यक्ष सतेन्द्र साह र विकास उप्रेतीले संयुक्त रूपमा दीप प्रज्वलन गरेर गरेका थिए।
