सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘सलिको सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न
काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले आफ्नो स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘सलिको सुरक्षा रन २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। स्वास्थ्य, सचेतना तथा बीमाप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त दौड प्रतियोगिता टेम्पल रनको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा ५०० भन्दा बढी धावक तथा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
