SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

जरिवाना नतिर्ने हुलास स्टिल र गणपतिलाई उद्योगलाई दिइयो ३ दिनको समय

सिमराः प्रदूषण नियन्त्रणमा गम्भीर नभएको भन्दै कारबाहीमा परेका दुई ठूला उद्योगलाई जितपुरसिमरा उपमहानगरपालिकाले जरिवाना असुलीका लागि पुनः ३ दिनको अन्तिम समय दिएको छ। उपमहानगरपालिकाले मंगलबार जितपुरसिमरा–१ मा रहेको हुलास स्टिल इण्डष्ट्रिज र वडा नं. ३ मा रहेको गणपति वनस्पति लिमिटेडलाई जरिवाना बुझाउन तीन दिनको समय दिएको हो।