सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन : घट्यो ‘लो बिडिङ’ को अस्वस्थ होड
बुटवल : सरकारले हालैमात्र सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन गरेको छ। वर्षौंदेखि पटक–पटक सरकारसँग व्यवसायीमैत्री ऐन जारी गर्नका लागि सडकदेखि सदनसम्म भइरहेको माग यसपालि पूरा भएको छ। यो संशोधनले निर्माण क्षेत्रमा उभार ल्याउने सरकारको विश्वास छ।एक दशकपछि आफूहरूको मागप्रति सरकारले सुनुवाइ गरेको भन्दै देशभरका निर्माण व्यवसायीसमेत खुसी भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघका अनुसार देशभरका ३२ हजारभन्दा बढी निर्माण व्यवसायीहरू ऐन संशोधनपछि प्रत्यक्ष लाभान्वित हुँदैछन्।
