SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

महिला खेलाडीले अनिवार्य लिंग परीक्षण गर्नुपर्ने

एजेन्सी /लन्डन :  डब्लूटीए टुर टेनिस प्रतियोगितामा सहभागी हुने सबै महिला खेलाडीले अनिवार्य रूपमा एक पटक लिंग परीक्षण गर्नुपर्ने भएको छ। विमेन्स टेनिस एसोसिएसन (डब्लूटीए) ले डब्लूटीए टुर प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले अनिवार्य रूपमा ‘जेनेटिक सेक्स टेस्ट’ गर्नुपर्ने नियम लागु गरेको हो।डब्लूटीएले महिला खेलाडीका लागि लागु गरेको नयाँ नियममा यो व्यवस्था गरिएको हो।