SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ १२:०० PM · 1 मिनेट पढाइ

उपत्यकामा बढ्दो आत्मदाहका घटना

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा आफैंमाथि आगो लगाएर ज्यान फाल्ने तथा आत्मदाहको प्रयास गर्ने घटनाहरू डरलाग्दो रूपमा दोहोरिन थालेका छन्। आर्थिक विपन्नता, सामाजिक तनाव, कानुनी झन्झट र घरायसी वा व्यक्तिगत समस्यासँग जुध्न नसक्दा सर्वसाधारणले चरम र आत्मघाती बाटो रोज्ने प्रवृत्ति बढेको छ।मंगलबार बिहान कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटस्थित निजी जग्गामा पार्किङ गरी राखिएको कारभित्र जलिरहेको अवस्थामा काठमाडौं नरदेवी घर भएका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ मृत भेटिए।