SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

सुनको मूल्यमा भारी वृद्धि,तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो।नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार ५ हजार ४०० रुपैयाँले बढेर सुन प्रतितोलाको २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। मंगलबार सोही परिमाणको सुन २ लाख ८५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।यस्तै, आज ११० रुपैयाँले बढेर चाँदी प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार एक तोला चाँदीको भाउ ४ हजार ३७० रुपैयाँ पुगेको थियो।