SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

अफगानिस्तानमा आकस्मिक बाढीले २३ जनाको मृत्यु, १०० बढी बेपत्ताको खोजी जारी

अफगानिस्तान : अफगानिस्तानमा आएको विनाशकारी बाढीपछि उद्धारकर्मीहरूले जीवितहरूको खोजी जारी राखेका छन् । यसैबीच, फेरि आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ ।सोमबार पहाडबाट एक्कासी आएको बाढीले पूर्वी नुरिस्तान प्रान्तमा कम्तीमा २३ जनाको ज्यान लिएको थियो । मंगलबार उद्धार टोलीहरूले घरहरूको भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखे । यस वर्षको मनसुनले दक्षिण एसियाभर व्यापक क्षति पुर्‍याइरहेको छ, र जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये अफगानिस्तान पनि एक हो ।