SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

प्रतिपक्षी दलले सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा दर्ता गरे जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं : प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। बुधबार कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जसपा नेपालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६७ बमोजिम विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो।