‘कक्रोचहरू’ सँग झुक्ला सरकार ? वाङचुकपछि अब सीजेपीसँग भेट्दै केन्द्रीय मन्त्री
भारत : भारतको केन्द्र सरकार र कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा प्रदर्शन गरिरहेका विद्यार्थीहरूबीच बुधबार फेरि एक पटक वार्ता हुँदैछ। सामाजिक अभियन्ता सोनम वाङचुकसँग राति अबेर भएको महत्वपूर्ण बैठकपछि सरकारी स्रोतहरूले यो गतिरोध चाँडै अन्त्य हुने आशा व्यक्त गरेका छन्।जन्तर–मन्तरमा बढिरहेको ठूलो भीडलाई हेर्दा सरकार ‘कक्रोचहरू’ को दबाबमा झुक्न सक्ने देखिएको छ । तर अहिलेसम्म केन्द्र सरकारले दबाबमा परेर कुनै निर्णय नगर्ने संकेत दिएको छ ।
