निर्माणाधीन घरको पानीट्यांकीमा मृत भेटिएका शव दाजु-भाइको भएको पुष्टि
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एक घरको पानी ट्याङ्कीभित्र मृत भेटिएका शवको पहिचान खुलेको छ ।घर निर्माणको ठेक्का लिएका ठेकेदार तुलसीपुर -९ का कमल गिरी र सोही घर निर्माणमा मिस्त्रीको रुपमाका गर्दै आएका घनश्याम गिरी रहेको दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू स्थायी घर सल्यान माल्टा रहेको र हाल तुलसीपुर–९,मा बस्दै आएका थिए ।
