SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

को हुन् विजेता दहिया ? सीजेपीले प्रवक्ता पदबाट किन हटायो ?

भारत : ‘संसद चलो’ मार्च भएको एक दिनपछि, मंगलबार, ककरोच जनता पार्टी (सीजेपी) ले विजेता दहियालाई पार्टीको प्रवक्ता पदबाट हटाएको छ। पार्टीले एक्समार्फत यसको जानकारी दिएको हो । सोमबार संसद मार्चका क्रममा प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । यही क्रममा विजेता दहियासँग सम्बन्धित भनिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । तर, उक्त भिडियोको स्वतन्त्र पुष्टि भएको छैन ।गत जुन महिनामा सामाजिक सञ्जालमार्फत चर्चामा आएको सीजेपीले तीन जना प्रवक्ताको घोषणा गरेको थियो ।