SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

एनसेलको स्वामित्व विवाद : दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चले दियो निर्देशनात्मक आदेश

काठमाडौं :सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्रीसम्बन्धी विवादमा कानुनबमोजिम नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक आदेश जारी गरेको छ। यो आदेशसँगै एनसेलको सेयर खरिद बिक्री विवादको अन्तिम टु्ंगो नियामक निकायले गर्नेछ।