SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

कांग्रेसको भन्दा देशको अवस्था भयावह र नाजुक भइसक्यो : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट मुक्त गर्न राष्ट्रिय एकता कायम गरेर अघि बढ्नु पर्ने आवश्यकता रहेको बताएका छन् ।  वीपी स्मृति स्वास्थ्य प्रतिष्ठान, वीपी स्मृति सामुदायिक सहकारी अस्पताल लगायतले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेसको आन्तरिक अवस्थाभन्दा पनि देशको समग्र स्थिति अत्यन्तै नाजुक र भयावह रहेको भन्दै देशलाई वर्तमान संकटबाट मुक्त गर्न राष्ट्रिय एकता कायम गरेर अघि बढ्नु पर्ने आवश्यकता रहेको बताएका हुन् ।