सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ घाइते,तीनजनाको अवस्था गम्भीर
सुर्खेत : सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा सिम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी आफै अनियन्त्रित भई सडकमै पल्टिएको हो।गुर्भाकोट नगरपालिका–१३ सेराघारी बस्ने अन्दाजी ४३ वर्षीय गगन थापाले चलाएको उक्त गाडीमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा चालकबाहेक १९ जना घाइते भएका हुन्।
