नेपालको हस्तकला विस्तार र प्रवर्द्धनमा सरकारले विशेष ध्यान दिन्छ : बालेन शाह
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको हस्तकला क्षेत्रको प्रवर्द्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन् । बुधबार सिंहदरबारमा नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै नेपालको हस्तकला क्षेत्र मुलुककै पहिचानको क्षेत्रका भएकाले यस क्षेत्रको प्रवर्द्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका हुन् । सातै प्रदेशमा हस्तकलाग्राम खडा गरेर रोजगारी सिर्जना गर्नका लागि महासंघ र सम्बन्धित निकायसंग सहकार्य गर्ने उनले बताएका हुन् ।
