SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

जम्मू–कश्मीरमा आतंककारी हमला, गस्तीमा रहेका प्रहरीको गोली हानी हत्या

भारत : जम्मू–कश्मीरको अनन्तनागमा भएको आतंककारी आक्रमणमा ड्युटीमा रहेका एक प्रहरी हवल्दार (हेड कन्स्टेबल) को मृत्यु भएको छ । गस्तीमा रहेको प्रहरी टोलीमाथि अचानक गोली प्रहार हुँदा उनी गम्भीर घाइते भएका थिए ।सुरक्षा स्रोतहरूका अनुसार, एउटा सवारीसाधनमा आएका आतंककारीहरूले गस्ती गरिरहेको प्रहरी टोलीलाई लक्षित गर्दै अन्धाधुन्ध गोली चलाएका थिए । अमरनाथ यात्राको सुरक्षा ड्युटीमा खटिएका हवल्दार आशिक हुसेन हमलामा घाइते भएका थिए ।