SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

सरकारले गर्यो मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरुलाई अवैध घोषणा

काठमाडौं : सरकारले मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध भएको घोषणा गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटरब्याज) पीडितसँग भएको सहमति अनुमोदन गर्दै सम्झौतामा उल्लेख भए बमोजिम मिटरब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।