SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

निजी स्वास्थ्य र शिक्षाको ‘समता कर’ हटाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर फिर्ता लिने निर्णय गरेको छ ।  प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद बैठकले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत समता कर फिर्ता लिने निर्णय भएको शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।