गगन थापालाई पूर्णबहादुर खड्काको सन्देश- बरु मर्न तयार छौं, समर्पण गर्दैनौं
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापासँग समर्पण नगर्ने बताएका छन्। प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मर्न तयार भए पनि समर्पण नगर्ने बताए।उनले आफूहरू कोही पनि निष्क्रिय नबस्ने चेतावनीसमेत दिए। 'हामी कोही निष्क्रिय बस्नेवाला छैनौं। कोही भ्रममा नबसे हुन्छ। हामीले युवालाई अगाडि सारेर, अझ सक्रिय भएर, युवाको रक्षाकवच भएर अगाडि बढ्छौं,' उनले भने, 'बरु मर्न तयार छौं, समर्पण गर्दैनौं।
