SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

घरायसी विवादले हिंसात्मक रूप लिँदा श्रीमान-श्रीमतीको मृत्यु

झापा : झापाको दमकमा घरायसी विवादले हिंसात्मक रूप लिँदा श्रीमान-श्रीमतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार दिउँसो २ बजेको समयमा दमक नगरपालिका-१ सिरपाली चोक निवासी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीबीच सामान्य घरायसी विवादपछि झै-झगडा भएको थियो। विवादका क्रममा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट उनको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो।