SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ १०:०० PM · 1 मिनेट पढाइ

लहानमा ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ

सिरहा : प्रहरीले लहान नगरपालिका-३ बाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक पिकअप गाडी र तीन जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार विशेष सूचनाको आधारमा लहान नगरपालिका–३ नयाँ बस्ती टोलमा पार्किङ गरी राखिएको बा२१च ५६६६ नम्बरको योद्धा पिकअप गाडीमा खानतलासी गर्दा नासपातीका क्रेटभित्र लुकाएर राखिएको गाँजा जस्तो देखिने पदार्थ बोराहरु बरामद भएको हो।बरामद पदार्थको तौल प्लास्टिकसहित ६६३ केजी तथा प्लास्टिक हटाउँदा ६५२ केजी रहेको प्रहरीले जनाएको छ ।