SHARE
अन्नपूर्ण · बुधबार ६ साउन २०८३ ११:०० PM · 1 मिनेट पढाइ

काँकडभिट्टाबाट भन्सार छलेर भित्रिँदै थियो लत्ताकपडा, सशस्त्रले २४ बोरा बरामद गर्यो

झापा : भद्रपुर भन्सार कार्यालयबाट लत्ताकपडाको आयात उल्लेख्य रूपमा घटेसँगै काँकडभिट्टा नाकाबाट हुने अवैध पैठारी बढेको चर्चा चलिरहेका बेला सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा बनाएको छ। सोही अभियानअन्तर्गत सशस्त्रले ठुलो परिमाणमा अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको लत्ताकपडा बरामद गरेको छ ।