पेट पाल्न सडकको भर, लखेट्न आउँछ महानगर
काठमाडौं: बिहानै ठेलामा तरकारी सजाएर काठमाडौंका भित्री गल्लीतिर छिर्नु भरत गिरीको १५ वर्षदेखिको दैनिकी हो। दिउँसो गाउँतिर ठेला घुमाएर अलिअलि व्यापार गर्नु र त्यसैको कमाइले बेलुकाको चुलो बाल्नु उनको जीवनको एउटै चक्र हो। तर, पछिल्लो समय उनको यो दैनिकी सहज छैन। महानगर प्रहरीको गाडी देख्नेबित्तिकै उनको ढुकढुकी बढ्छ।‘महानगरले देख्यो भने उठाएर लगिदिन्छ,’ ठेलामा तरकारी बेचेर गुजारा गरिरहेका भरत दुःखेसो पोख्दै भन्छन्, ‘काठमाडौं महानगरपालिकाभित्र दिउँसो व्यापार गर्न धेरै नै मुस्किल छ।
