‘कक्रोच’ आन्दोलनको दबाबमा मोदी सरकार
नयाँ दिल्ली /एजेन्सी : सामाजिक सञ्जालमा सुरु भएको एउटा व्यंग्यात्मक अभियान अहिले भारतको प्रमुख युवा आन्दोलनको रूप लिएको छ। आफूलाई ‘कक्रोच’ (साङ्ला) भन्ने युवाहरूले शिक्षा प्रणालीका कमजोरी र प्रश्नपत्र चुहावटविरुद्ध सुरु गरेको आन्दोलनले अहिले दिल्लीको सत्ता केन्द्र हल्लाइदिएको छ।मेडिकल तथा सरकारी सेवाका प्रवेश परीक्षामा बारम्बार हुने प्रश्नपत्र चुहावट र परीक्षा रद्दका घटनाबाट लाखौं विद्यार्थी प्रभावित भएपछि उत्पन्न जनआक्रोश यस आन्दोलनको मुख्य जग हो।
