पत्रकारको नजरमा मेसी उत्कृष्ट
काठमाडौं : अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को उपाधि जित्न सकेन। फाइनलमा स्पेनसँग पराजित हुँदै साविक विजेता अर्जेन्टिनाको लगातार दोस्रोपटक विश्वकप जित्ने सपना अधुरै रह्यो। तर, टोलीले उपाधि गुमाए पनि अर्जेन्टिनाका कप्तान लियोनल मेसीको व्यक्तिगत प्रभाव भने विश्व फुटबलमा अझै उस्तै देखिएको छ। विश्वभरका खेल पत्रकारको मतदानमा मेसीलाई विश्वकप २०२६ को उत्कृष्ट खेलाडीका रूपमा छनोट गरिएको छ।अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)अन्तर्गत भएको विश्वव्यापी मतदानमा मेसीले सबैभन्दा बढी मत पाएका थिए।
