SHARE
अन्नपूर्ण · सोमबार १६ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङ : कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। लमही नगरपालिका-२ बदुवा गाँउस्थित सडकमा लुम्बिनी प्रदेश ०२-००१ च ००२८ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय भगवानदिन चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा थप उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।