रामेछापमा कटहर टिप्न लाग्दा रुखबाट लडेर एक वृद्धाको मृत्यु
रामेछाप : रामेछापमा एक वृद्धाको लडेर मृत्यु भएको छ। लिखु तामाकोशी गाउँपालिका- २ सैपु पुलुमा ७३ वर्षीय हस्तमाया सुनुवारको कटहर झार्नेक्रममा खनिउको रुखबाट लडेर बुधबार मृत्यु भएको हो।वडा अध्यक्ष सन्तोष पौडेलको अनुसार ओखलढुंगाको खिजिदेम्बा घर भएकी उनी सानीमा लिलामाया सुनुवारको घरमा विगत २०/२५ वर्ष अगाडिदेखि बस्दै आएकी थिइन्। मंगलबार साँझ उनी लडेको स्थानीयले देखेपछि सिरिसे मेडिकल लगेर सामान्य औषधि उपचारपश्चात् नजिक एक जना स्थानीयको घरमा राखिएको थियो ।
