SHARE
अन्नपूर्ण · सोमबार १६ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

पहिरोले अवरुद्ध भएको पाल्पाको सिद्धबाबा सडक सञ्चालनमा

 तानसेन : पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा आइतबार दिउँसो खसेको ढुंगा–माटोसहितको पहिरोका कारण अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ। करिब २ घण्टा अवरुद्ध भएको सडकमा खसेको पहिरो पन्छाएपछि अहिले दुईतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं डीएसपी होम प्रकाश चौधरीले बताए। सिद्धबाबा क्षेत्रमा खसेको पहिरो सिद्धबाबा सुरुङमार्ग आयोजनाले हटाएपछि दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको पाल्पा प्रहरीले जनाएको छ।