SHARE
अन्नपूर्ण · बिहीबार ७ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

बाँदर र बँदेल धपाउन २० जनालाई ‘जागिर’

अर्घाखाँची : मिहिनेत र पसिना सिँचेर हुर्काएको हरियो बाली आँखा अगाडिकै बाँदरको बथानले क्षणभरमै सखाप पारिदिँदा पहाडी डाँडाकाँडाका किसानहरूको छाती भित्रभित्रै पिल्सिएको छ। हुलका हुल बाँदर पसेर खेतबारीमा फुल्दै गरेका मकैका चामर होऊन् या पाक्नै लागेका अन्नबाली, बाँदरको टोलीले एकैछिनमा सखाप पारिदिन्छ। गुलेली पड्काएर, पटाका फुटाएर, पुतला झुन्ड्याएर वा बन्दुक देखाएर वन्यजन्तु धपाउने पुराना उपायहरू अब पूर्णरूपमा असफल सिद्ध भइसकेका छन्।