SHARE
अन्नपूर्ण · बिहीबार ७ साउन २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

लोकसेवाको पदपूर्ति रोक्ने निर्णयविरुद्ध प्रदर्शन

काठमाडौं : सरकारले स्थायी कर्मचारी भर्ना प्रक्रिया स्थगन गर्ने निर्णय गरेपछि लोकसेवा आयोगको तयारी गरिरहेका परीक्षार्थीहरू आन्दोलित भएका छन्। मुख्य सचिवस्तरीय बैठकले गरेको निर्णय तत्काल फिर्ता लिन माग गर्दै बुधबार बिहानैदेखि परीक्षार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।प्रदर्शनमा सहभागी विद्यार्थीले गत साउन ५ गते बसेको मुख्य सचिवस्तरीय बैठकको बुँदा नम्बर ११ को निर्णय तत्काल खारेज हुनुपर्ने माग गरेका छन्।