SHARE
अन्नपूर्ण · बिहीबार ७ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

ईभी नै विकल्प बनिसकेको अवस्था छैन

विद्युतीय सवारीसाधन (ईभी) तर्फ उपभोक्ताको बढ्दो आकर्षण छ। तर पूर्वाधारको अपर्याप्तता, कर नीति र समग्र आर्थिक सुस्तताका कारण व्यवसायीहरू ‘पर्ख र हेर’को अवस्थामा छन्। यही बीचमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले साउन २६ देखि ३१ सम्म ५५ भन्दा बढी ब्रान्डहरूको सहभागितामा अहिलेसम्मकै ठूलो ‘नेपाल मोबिलिटी एक्स्पो’ आयोजना गर्दैछ।