SHARE
अन्नपूर्ण · बिहीबार ७ साउन २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

काठमाडौं : विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली कन्टेन्ट क्रिएटरहरूको सिर्जनशीलता प्रोत्साहन गर्ने उद्देश्यले ‘क्रिएटर्स भेटघाट’कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागी क्रिएटरहरूले प्रस्तुत गरेका कन्टेन्ट अवधारणामध्ये ६ उत्कृष्ट आइडियालाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिएको छ।६० भन्दा बढी कन्टेन्ट क्रिएटरको सहभागिता रहेको कार्यक्रममा इनड्राइभले ‘ड्रिम इट. डु इट.’ नामक नयाँ क्रिएटर फेलोशिप कार्यक्रमसमेत सार्वजनिक गरेको हो।