SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

कर्णालीको स्वास्थ्य दूरावस्था : करोडौंका पूर्वाधार, शून्य विशेषज्ञ

वीरेन्द्रनगर : कर्णालीमा बिरामी हुनु भनेको रोगसँग मात्र होइन, भूगोल र राज्यको उपेक्षासँग पनि लड्नु हो। यहाँ स्वास्थ्य संस्था त छन्, तर तिनमा चिकित्सक भेटिँदैनन्। करोडौंका उपकरण र प्रविधिले सम्पन्न प्रदेश अस्पतालदेखि जिल्ला अस्पतालहरूका भवन ठडिएका छन्। तर, ती रित्ता बन्दै गइरहेका छन्।कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा ३ सय शय्याको प्रदेश अस्पताल छ। तर, त्यहाँ पर्याप्त विशेषज्ञ डाक्टरहरू दरबन्दीअनुसार छैनन्। जहाँ दिनहुँ बिरामीहरूको खचाखच भीड लाग्छ।