SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

कर्णालीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखको आह्वान

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार सूचना जारी गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।