SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

माटोको ढिस्कोले पुरिएर बालकको मृत्यु

दाङ :  देउखुरीमा माटोको ढिस्कोले पुरिँदा  एक बालकको ज्यान गएको छ ।  दाङ राजपुरका १३ वर्षीय दिपेश चौधरीको ढिस्कोमा पुरिएर ज्यान गएको  दाङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका -२ बेलास्थित दुर्गा सामुदायिक वनभित्र ट्र्याक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर दिपेश  पुरिएका हुन् । अर्का  १८ वर्षीय सुमित यादव घाइते भएका छन्  । प्रहरीका अनुसार शनिबार राति  दुईजना बालक ट्र्याक्टर लिएर माटो लिन गएका थिए ।