SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

के हो अटिजम ?

तपाईंको बच्चाले दोहोरो कुरा गर्दैन ? अन्य बालबच्चा सँग घुलमिल हुँदैन ? वा एउटै कुरा बारम्बार दोहोर्‍याइरहेको छ भने जँचाउनुहोस्।अटिजम भएको पनि हुनसक्छ।नेपालमा पछिल्लो समय अटिजम भएका बालबालिकाको संख्या बढ्दै गइरहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ६ लाख ४७ हजार ७ सय ४४ जना अर्थात कुल जनसंख्याको २ दशमलव २ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता देखिएको छ। जसमा अटिजम भएका पुरुष २ हजार २ सय ५८ र महिला २ हजार ६ सय २८ गरी ४ हजार ८ सय ८६ छन्।अटिजम कुनै रोग होइन।