SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

अमेरिकासँगको पुनः वार्ता प्रयासलाई लिएर इरानमा चुलियो विवाद

इरान : मध्यस्थहरूले इरान र अमेरिकाबीच कूटनीतिक वार्ता अघि बढाउने प्रयास गरिरहेका बेला, युद्ध र वार्ताको अवस्थालाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा इरान सरकार र सरकारी टेलिभिजन (आइआरआइबी) बीच सार्वजनिक मतभेद देखिएको छ । शुक्रबार सरकारी सूचना परिषद्ले राष्ट्रपति मसुद पेजेशकियनले यसै साता दिएको भाषणका केही महत्वपूर्ण अंश प्रसारण नगरेको भन्दै सरकारी प्रसारक आइआरआइबीमाथि ‘सेन्सरशिप’ गरेको आरोप लगायो ।