SHARE
अन्नपूर्ण · आइबार​ १० साउन २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

न खेल, न गोल: विश्वकपमा किन छाए किने ?

काठमाडौं : फिफा विश्वकप फुटबल २०२६ को मैदानमा स्पेनका युवा स्टार लामिन यमलको कौशलले धेरै चर्चा बटुल्यो। विपक्षी डिफेन्डरलाई छक्याउँदै गरेको उनको ड्रिब्लिङ, तीव्र गति, सटिक पास र सिर्जनात्मक खेलले विश्वभरका फुटबलप्रेमीको ध्यान तान्यो। तर, विश्वकपको सबैभन्दा चर्चित अनुहारमध्ये एक बनाउन यमलले मात्र होइन, उनको तीन वर्षीय भाइ किने यमलले पनि भूमिका खेले।किनेले विश्वकपमा एक मिनेट पनि फुटबल खेलेनन्। उनले गोल पनि गरेनन्। मैदानमा उनी कुनै टोलीका खेलाडीका रूपमा उपस्थित थिएनन्।