धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी
काठमाडौं : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालयको कार्यभार केन्द्रीय मन्त्री प्रह्लाद जोशीलाई दिइएको छ। नयाँ जिम्मेवारी पाएपछि जोशीले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरेका छन्।जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै केन्द्रीय मन्त्री जोशीले भने,'प्रधानमन्त्रीज्यूले मलाई यो जिम्मेवारी सुम्पनुभएको जानकारी पाएको छु। म यसलाई पूर्ण कर्तव्यनिष्ठा र विनम्रताका साथ स्वीकार गर्दछु र प्रधानमन्त्रीज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु।
